शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकमा भविष्य खोज्ने युवाका लागि खुशीको खबर, राष्ट्रिय वाणिज्य बैंकले ल्यायो आरबीबी इम्पावरमेन्ट एकेडेमी

बिहीबार, ३० असोज २०७६, १५ : २५
बिहीबार, ३० असोज २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित आरबीबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रम ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा लामो इतिहास बोकेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ्ग क्षेत्रमा रोजगारी र भविष्य दुबै खोज्ने युवावर्गलाई लक्षित गर्दै फाइनान्सियल ट्रेनिङ्गको रुपमा एकेडेमी कार्यक्रम ल्याएको हो ।

बैंकले आफ्नो केन्द्रिय कार्यालय रामशाहपथमा बिहिबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम सार्वजनिक गरेको छ ।  बैंकिङ्ग क्षेत्रमा काम गर्न औपचारिक सैद्धान्तिक शिक्षा र ज्ञानले मात्र प्रयाप्त नहुने भन्दै बैंकले प्रयोगात्मक ज्ञानका लागि तालिमको व्यवस्था गर्न लागेको जनाएको छ । उक्त ज्ञानका लागि इच्छुक नेपाली नागरिकले अनलाइन फारम भर्न सक्ने वाणिज्य बैंकले बताएको छ । त्यसका लागि बैंकले आफ्नो बैंकिङ्ग वइसाइटमा फर्म उपलब्ध गराएको छ । 

आगामी कार्तिक २२ देखी २४ गते सम्म तीन सञ्चालन गर्न लागेको फाईनान्सियल ट्रेनिङ्गका लागी कार्तिक १ गतेदेखि नै बैंकले अनलाइन फर्म खुल्ला गरेको छ । तर योग्य प्रशिक्षार्थी छनोटका लागि बैंकले केहि सर्तहरु राखेको छ । 

फाईनान्सियल ट्रेनिङ्गका लागि इच्छुक नेपाली नागरिकले कम्तिमा पनि स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ भने उमेरमा २८ वर्षको सीमा राखेको छ । तर ठ्याक्कै यति नै हुनुपर्छ भन्ने कुनै नियम नरहेको तर युवाको पढाई र रोजगारीको चाहको समयलाई आधार बनाएर उमेर हद कायम गरिएको बैंकका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले बताए । साथै ट्रेनिङ्गका लागि आवेदकहरुको संस्या बढे प्रतिस्पर्दाका आधारमा आवेदकको शैक्षिक प्रशितलाई समेत आधार बनाइने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

तीन दिनसम्म चल्ने यस प्रशिक्षण कार्यक्रममा बैंक र वित्तिय क्षेत्र सम्बन्धी टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत ज्ञानहरु सिकाइने छ । शुरुमा ३० जनाबाट फाईनान्सिङ्ग प्रशिक्षण दिइनेमा प्रशिक्षणबाट सफल भएका तीन जनालाई बैंकमै प्रशिक्षक कर्मचारीको अवसर दिने जनाएको छ ।

निःशुल्क प्रदान गरिने यस किसिमको तामिमबाट प्रशिक्षाथीले दैनिक खाना खर्चबापत दुई सय रुपैयाँ पाउने छन् । प्रदेश तीनबाट शुरुवात गरेको यो कार्यक्रम विस्तारै सातैं प्रदेशमा लैजाने र बैंकिङ्ग क्षेत्रका लागि योग्य र युवा जनशक्ति उत्पादन गर्ने वाणिज्य बैंकले जनाएको छ । कार्यक्रम मार्फत सिइओ श्रेष्ठले यो शिक्षा राष्ट्रिय वाणिज्य बैंकका लागि मात्र नभएर अन्य २७ वटा वाणिज्य बैंकहरुका लागि समेत भएको बताए । बैंकले वार्षिक दुई सय जना दक्ष युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप