शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई दिनदेखि बेपत्ता जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष भेटिएनन्

बुधबार, ३२ साउन २०७४, १२ : ४८
बुधबार, ३२ साउन २०७४

इलाम । इलामको राजदुवालीस्थित माइखोलामा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष रोहन आचार्य अझै फेला परेका छैनन् । 

माइखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका इलाम नगरपालिका–७ का ३३ वर्षीय आचार्यको खोजी तीव्र पारिए पनि नभेटिएको प्रहरीले जनाएको छ । 

बेपत्ता आचार्यको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । 

उनको खोजीका लागि स्थानीयवासी समेत परिचालित भएका छन् । 

यसैबीच आज कुशको शव बनाएर उनको अन्तेष्टि गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप