दीपकलाई चुनाव जिताउनु पर्थ्यो : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना गरेको छ ।
जयनेपाल चलचित्र भवनमा आयोजित विशेष शोमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, पर्यटन मन्त्री योगश भट्टराई, सामान्य प्रसासन मन्त्री लालबाबु पण्डित, पत्रकार रवि लामिछाने लगायत थुप्रै विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
फिल्म हेरेपछि पूर्व प्रधानमन्त्री नेपालले फिल्मको विषयबस्तु मन परेपनि फिल्मको क्लाइमेक्स मन नपरेको प्रतिक्रिया दिए । उनले फिल्मको क्लाइमेक्समा अभिनेता दीपकराज गिरीलाई राजनीतिक दृष्टिकोणबाट पतन गराएको चित्त नबुझेको बताए ।
‘फिल्ममा अभिनेता दीपकराज गिरी (कमरेड बिपी)लाई लोकप्रिय नेता बनाएर जनताको चाहना अनुसार उनलाई अन्तिममा चुनावमा उतारेर जिताउनु पथ्र्यो’ नेपालले थपे ‘ यसले अझै जनतामा सकारात्मक प्रभाव पार्न सक्थ्यो ।’ फिल्मको कथा राम्रोसँग नमिलेको जस्तो आफूलाई लागेको उनले सुनाए । थपे ‘फिल्मले राजनीति उठाएको छ । त्यसको विकृति र विसंगति पनि उठाएको भए अझै राम्रो हुन्थ्यो ।’
त्यस्तै मन्त्री पुनले फिल्म राम्रो लागेका बताए । ‘दीपक दीपाको हरेक फिल्ममा केही न केही म्यासेज हुने गर्दछ’ पुनले भने ‘यसमा पनि राजनीतिक म्यासेज छ ।’ फिल्मले राजनीतिमा नयाँ पात्र आउनु पर्छ भन्ने म्यासेज दिन खोजेको आफुले पाएको पुनले बताए ।
मन्त्री पण्डितले हरेक क्षेत्रमा राजनीति घुसाउनु हुँदैन भन्ने सन्देश फिल्मको मन परेको बताए ।
मन्त्री भट्टराइले फिल्मको बिषयबस्तु राम्रो भएको बताए ।
दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय रहेको छ ।
राजनीतिक पृष्ठभूमिमा पलाउने प्रेमकथा समेटिएको फिल्मले राम्रो ब्यवसाय गरिरहेको छ ।
जितु नेपाल र केदारप्रसाद घिमिरे कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रोहित अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
-
काठमाडौँ महानगरको सिप मेलामा प्रशिक्षण लिनेको सङ्ख्या १० हजारभन्दा बढी
-
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
-
उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
-
नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी किन आवश्यक छ ?
-
सर्लाहीका आगलागी पीडितलाई सशस्त्रको राहत