बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईं वैवाहिक जीवनबाट हुनुहुुन्न भने अपनाउनुहोस् यी उपाय

बुधबार, ३२ साउन २०७४, १२ : ४६
बुधबार, ३२ साउन २०७४

विपुला श्रेष्ठ मनोविमर्शकर्ता होलिस्टिक माइन्ड्स एन्ड लाइफ 

विवाह मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । विवाह सुखद क्षणका लागि सोचेर गरिन्छ । तर, विवाहले सुख मात्र ल्याउँदैन, सँगसँगै चुनौती एवं जिम्मेवारी पनि थप्छ । विवाह गरिसकेपछि दाम्पत्य जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । फरक–फरक संस्कार, रहनसहनबाट पुरुष र महिला हुर्किएका हुन्छन् । त्यसैले एक–अर्काको विचार, भावना नमिल्न पनि सक्छ । यति हुँदाहुँदै पनि दाम्पत्य जीवनलाई अगाडि बढाउनुपर्ने हुन्छ । जीवन जिउने सबैको आफ्नै खालको तरिका हुन्छ । कतिपयले जीवनलाई बोझ मानेर जिउँछन् त कतिपयले जीवनलाई रमाइलो मानेर जिउँछन् । शोध अनुसन्धानका क्रममा दाम्पत्य जीवन जसले रमाइलो गरेर बिताउँछ, उनीहरू जीवनमा बढी सन्तुष्ट हुने पत्ता लागेको छ । स्टोनी ब्रुक युनिभर्सिटी सोसल साइकोलोजीका शोधकर्ता टेररी अरबुचले अमेरिकाका एक सय २३ विवाहित जोडीमा अनुसन्धान गरेका थिए । जसअनुसार वैवाहिक जीवनप्रति दिक्क मानेर ७ वर्ष, ९ वर्ष र १६ वर्ष बिताउँदा उनीहरूमा दाम्पत्य जीवनप्रति अत्यन्त न्यून मात्र सन्तुष्टि देखिएको थियो । जब दिक्दारी सुरु हुन्छ, एक–अर्कामा आत्मीयता र प्रेममा पनि कमी आउँछ । दाम्पत्य जीवनमा सन्तुष्टि लिने धेरै उपाय छन् । तीमध्ये केही उपाय यस प्रकार छन् :

हप्तामा एक दिन घुम्ने समय छुट्याउने
श्रीमान्–श्रीमतीबीच आ–आफ्नो कामले तनाव बढिरहेको हुन्छ । यसरी तनाव बढ्दै गयो भने स्वास्थ्यमा समेत असर पु¥याउँछ । त्यसैले हप्तामा एकचोटि बाहिर छोटो समयका लागि भए पनि घुम्ने समय छुट्याउनु राम्रो हुन्छ । विशेषगरी, घरमा महिलाको आफ्नै खालको जिम्मेवारी हुन्छ । आफ्नो कुरा सुनाउने मौका नमिल्न पनि सक्छ । दुईजना मात्र घुम्न जाँदा आफ्नो मनका कुराहरू पनि बताउन सकिन्छ । यसले दुवैजनामा प्रेमलाई पुनर्ताजगी गर्न
मद्दत गर्छ ।
 नयाँ कुराको कोसिस गर्ने
घुम्न जाने भन्नासाथ कतिपयलाई तनाव नै हुन्छ । कहाँ घुम्न जाने भन्ने छनोट गर्नसमेत कठिनाइ हुन्छ । सधैँ एउटै ठाउँमा र एउटै तरिकाले घुम्न जानु हुँदैन । हरेक समयलाई अविस्मरणीय बनाउन नयाँ–नयाँ कुराहरू गर्नु राम्रो हुन्छ । उदाहरणका लागि कहिले फिल्म–नाटक हेर्न जाने त कहिले कफी खान जाने गर्नुपर्छ । त्यस्तैगरी लाइभ म्युजिक, हाइकिङ पनि जान सकिन्छ । यसले तनावलाई विसर्जन गरेर दुवैबीच आत्मीयता बढाउँछ ।

 एक–अर्काको जीवनप्रति सक्रिय हुनु
धेरैजसो श्रीमान्–श्रीमतीले आफ्नो कामबारे बताउन चाहँदैनन् । तर, जति एक–अर्काको कुरा सेयर गरिन्छ, आत्मीयता झन् बढ्छ । जब एकले अर्काको काममा सहायता गरिन्छ, तनाव पनि कम हुन्छ र उत्प्रेरणा पनि महसुस हुन्छ । जीवनमा आउने हरेक समस्यालाई सजिलै सामना गर्ने धैर्य बढ्छ ।

 रमाइलो कुरालाई बढाउने
रमाइलो गर्नु भनेको सुन्दा सामान्य लाग्न सक्छ । तर, यसले दाम्पत्य जीवनमा असामान्य योगदान पु¥याउँछ । यसले सेन्स अफ ह्युमरलाई बढाउँछ । त्यसैले जीवनलाई आशक्तिको रूपमा नभई लीलाको रूपमा बिताउनु राम्रो हुन्छ । आध्यात्मिक गुरु ओशोले भनेका थिए, ‘जीवन यस्तो होस् जो अभिनयजस्तो होस, अभिनय यस्तो होस्, जो जीवनजस्तो होस् ।’ निश्चय पनि जीवनलाई अभिनयको रूपमा लिनु अत्यन्त राम्रो हुन्छ । स–साना कुरालाई ठूलो नबनाउने, एक–अर्काप्रति सम्मान गर्नुपर्छ । र, जीवनका हरेक आयामलाई सकरात्मक रूपमा जिउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप