मकवापुरमा अन्धाधुन्ध बन्चरो प्रहार, एक महिलाको ज्यान गयो
काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा आपसी झगडाको कारण एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक महिलाको ज्यान गएको छ ।
जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिए ।
एसपी सिंहका अनुसार पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको छ ।
पाख्रिनले अन्धाधुन्ध प्रहार गरेको बञ्चरोबाट सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान पनि घाइते भएका छन् । उनीहरुको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
सन्तमायाको हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास