शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु, २ घाइते

बिहीबार, ३० असोज २०७६, १० : ४३
बिहीबार, ३० असोज २०७६

जनकपुर । धनुषामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित नौसयविघामा माटो खन्न गएकी वडा नम्बर २ बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको मृत्यु भएको छ भने घाइते भएका २ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।

माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोमा उनीहरु पुरिएका थिए । दिपावली नजिकिदै गएकाले घर लिपपोतको लागि बिहीवार विहानै माटो खन्न गएका थिए । घाइते धनुषाधाम–२ की रिंकु यादवको स्थानीय क्लिनिक र ममताको जनकपुरमा उपचार भइरहेको प्रहरीले निरीक्षक थापाले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप