बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँचो प्याज खानुका केही फाइदा

बुधबार, ३२ साउन २०७४, १२ : ४२
बुधबार, ३२ साउन २०७४

आजभोलि हामी सबैको भान्सामा प्याज नभई हुँदैन । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ । काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ ।  यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ ।

काँचो प्याज खानाले नाकबाट वेला–वेलामा बग्ने रगत पनि रोक्न सक्छ ।  नाकबाट रगत बग्न थाल्यो भने काँचो प्याज सुँघ्नुपर्छ ।

प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

 

प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ ।

 

प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप