बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीले जिते ‘गोल्डेन बुट’ अवार्ड

बुधबार, २९ असोज २०७६, २१ : ५२
बुधबार, २९ असोज २०७६

एजेन्सी –बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । स्पेनमा बुधबार आयोजित विशेष समारोहमा मेस्सीलाई यस अवार्ड प्रदान गरिएको छ । 

युरोपियन लिगमा यस सिजन सवार्धिक गोल गरेका कारण मेस्सी यस अवार्डको हकदार बनेका थिए । मेस्सीले यस सिजन ३६ गोल गरेका थिए । 

उनले अवार्ड जित्ने क्रममा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पारे । एमबाप्पेले ३३ गोल गरेका थिए । 

यससँगै मेस्सी सर्वाधिक ६ पटक गोल्डेन बुट जित्ने खेलाडी पनि बनेका छन् । उनी पछि यस अवार्ड चार पटक पोर्चुगल तथा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका छन् । अवार्ड समारोहमा मेस्सी परिवारसहित उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप