शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन राइनोज विजयी

बुधबार, २९ असोज २०७६, २० : २१
बुधबार, २९ असोज २०७६

काठमाडौं – चितवन राइनोजले ‘डब्लुसिएल’ टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको उद्घाटन खेलमा चितवन राइनोजले क्याट क्वीन काठमाडौंलाई पाँच विकेटले हरायो । 

काठमाडौंले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको चितवनले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन नबाइन् ।

प्यारी चौधरीले अविजित २४, रितु कनौजियाले १४ र काजल श्रेष्ठले ११ रन बनाईन् । काठमाडौंकी इश्वरी बिष्टले दुई विकेट लिईन् । लक्ष्मी साउद, सरस्वती कुमारी र संगिता राईले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा सबै विकेटको क्षतिमा ९२ रन बनाएको थियो । काठमाडौंका लागि रश्मी चौलागाईले ३४ रन बनाईन् । सरस्वती कु्मारीले १५ रन जोडिन् । अन्य खेलाडीले दोहोरो रन रोड्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी सन्तोषी चौधरीले तीन विकेट लिइन् ।

रेखा रावल र कविता गौतमले दुई–दुई विकेट लिए । रितु कनौजियाले एक विकेट झारिन् । चितवनकी सन्तोषी प्लेयर अफ दी म्याच भइन् । 

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज लिगमा पाँच टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप