शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको चियापान कार्यक्रम: हेरौं २० तस्बिरमा

बुधबार, २९ असोज २०७६, १७ : ३६
बुधबार, २९ असोज २०७६

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । बडादसैं, तिहार तथा छट पर्वका अवसरमा गरिएको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पौडेल, नारायकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।

चियापानस्थल भृकुटीमण्डपको गेटदेखि भित्र बगैचासम्म ध्वजापताका र गेट बनाएर सजाइको थियो । कार्यक्रममा स्थलमा पूर्वएमालेको चुनाव चिन्ह सूर्य चिन्ह अंकित झन्डा धेरै मात्रामा राखिएको देखिन्थ्यो भने नेकपाको चुनाव चिन्ह सूर्यभित्र हसियाँ हतौडाको झन्डा पनि राखिएको देखिन्थ्यो । अधिकांश कार्यकर्ताले नेकपाको चुनावचिन्ह अंकित टोपी लगाएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप