बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राम मन्दिर–बाबरी मस्दिजको विवादमा आज अन्तिम फैसला सुनाइने, अयोध्याको सुरक्षा व्यवस्था अत्यन्त कडा

बुधबार, २९ असोज २०७६, १४ : ५९
बुधबार, २९ असोज २०७६

एजेन्सी । भारतको सर्वोच्च अदालतले आज साँझ पाँच बजेसम्म अयोध्याको राम मन्दिरबारे अन्तिम फैसला सुनाउने तयारी गरेको छ । फैसलापछि अयोध्यामा हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर सहरलाई सैनिक छाउनीमा रुपान्तरण गरिएको छ। 

भारतका सर्वोच्च अदालतका मुख्य न्यायाधीशले अब यो विषयलाई थप तन्काउन नहुने बताएका छन् । उनले यो मुद्दा आज साँझ पाँच बजेसम्म टुंगो लाग्ने बताए । 

सामान्यतया उच्च सुरक्षा निगरानीमा रहने अयोध्यामा यस पटक थप सुरक्षा व्यवस्था अपनाइएको छ । 

राम मन्दिरबारे सुनुवाईलाई लिएर उत्तर प्रदेशका मुख्य सचिव राजेन्द्र तिवारी, डीजीपी ओपी सिंहसहित कयैन ठूलो अधिकारीले सुरक्षा व्यवस्थाको नियमित ब्रिफिङ लिइरहेको बताइएको छ । 

सुरक्षाको कारणले अयोध्यालाई तिन क्षेत्रमा विभाजन गरिएको छः रेड जोन, यल्लो जोन र ब्लू जोन । रेड जोन भनेर विवादित क्षेत्रलाई राखिएको छ । यहाँ सुरक्षाबल आधुनिक हतियार, वाच टावर, ड्रोन क्यामेरा र सीसीटीभीसहति तैनाथ छन् । 

अयोध्या प्रवेश गर्ने सबै मार्ग ब्यारिकेड गरिएको छ । सुरक्षा व्यवस्थाको लागि अर्धसैनिक बलको ४७ कम्पनी तैनाथ गरिएको छ । थप २०० कम्पनी तैनाथ गर्ने तयारी गरिदैछ । 

सुरक्षाको लागि सार्वजनिक स्थलमा वहसमा रोक लगाइएको छ । यसको लागि प्रशासनले धारा १४४ लागू गरेको छ । 

तथ्याकंमा ‘राम मन्दिर’ मुद्दाको अदालती वहस
राम मन्दिरको लागि सर्वोच्च अदालतमा जारी वहसमा मस्जिद रहेको स्थानमा हिन्दू मन्दिर निर्माण गराइनु पर्ने र हालको मस्जिद रहेको स्थानलाई यथास्थितिमा छाड्नु पर्ने दुई पक्ष छन् । 

दुई पक्षले अदालती वहसमा संलग्न वकिलहरुले वहसका लागि हिन्दू मुस्लिम धार्मिक ग्रन्थका साथ मन्दिरबारे ऐतिहासिक सन्दर्भहरु अध्ययन गरेका छन् ।

त्यस्तै मुसलमान पक्षले वहसमा तथ्य जुटाउनको लागि आवश्यक पुस्तक किन्न मात्र १० लाख भारु खर्च गरेको बताइएको छ । ५० वकिलको टिमले कयैन ऐतिहासिक दस्तावेजहरु संकलन गरेका थिए । 

सुनुवाईको अन्तिम समयमा वकिलहरु २०–२२ घण्टासम्म काम गरेको संचारमाध्यमले बताएका छन् । यो ऐतिहासिक मुद्दाको सुनुवाईको दौरान हिन्दू पक्षधरले ७.५ लाख पान्ना त फोटोकपी गरेका थिए । त्यस्तै मुसलमान पक्षले यो अवधिमा ५ लाख पान्ना फोटोकपी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप