सुर्खेतमा हत्या गरेको अभियोगमा दुईजना पक्राउ
सुर्खेत– चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् । प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।
निराजनलाई गुर्भाकोटबाट र विनोदलाई महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौँको समन्वयमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार यामबहादुरको यही असोज २२ गते भान्सा कोठामा कुटपिटबाट मृत्यु भएको थियो । जिल्ला अदालतले दुवै जनालाई आठ दिन थुनामा राखी अनुसन्धान गर्न समय दिएको छ ।
‘सामान्य विवाद हुँदा उहाँहरुबीच कुटाकुट चलेको र सो क्रममा चिर्पट प्रयोग गरी हत्या गरेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु