शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डब्लुसिएल आजदेखि, उद्घाटनमा चितवन र काठमाडौं भिड्दै

बुधबार, २९ असोज २०७६, १० : ४१
बुधबार, २९ असोज २०७६

वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगिता आज (बुधबार) देखि काठमाडौंमा सुरु हुँदैछ । टियु मैदान कीर्तिपुरमा ११ः३० बजे सुरुहुने उद्घाटन खेलमा  चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दै छन् ।

नेपालमा महिला क्रिकेटको फ्रेन्चाइज लिग हुन लागेको यो पहिलो पटक हो । कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगितामा पाँच शहरका पाँचै टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र बिराटनगर टाइन्टस रहेका छन् ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधैं फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशको लागि क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले सात लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप