शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको हार्ने क्रम जारीः नेपाल जोर्डनसँग ३–० गोलले पराजित

बुधबार, २९ असोज २०७६, ०८ : ४५
बुधबार, २९ असोज २०७६

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा नेपालको हार्ने क्रम जारी छ । मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग उसैको मैदानमा ३–० गोलले पराजित भएको छ । 

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको नेपालले तीनवटै गोल दोस्रो हाफमा खाएको थियो । लगातार नेपालको पोस्ट्मा दबाब श्रृजना गरेको जोर्डनका लागि फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले गोल गरे ।

नेपालले पाँचदिन अघिमात्र अष्ट्रेलियासँग ५–० गोलको हार खेपेको थियो । छनोट खेलको समूह ‘बी’ मा रहेको नेपाल यसअघि पहिलो खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा चाईनिज ताइपेईलाई २–० गोलले हराएको थियो । तेस्रो हारसँगै नेपाल तीन अंक सहित समूहको चौथो स्थानमा छ । 

नेपाललाई हराएको जोर्डन सात अंक सहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले तीन खेलबाट नौ अंक बनाएको छ । अष्ट्रेलियाले मंगलबार नै चाईनिज ताईपेईलाई ७–१ गोलले हराएको थियो ।

समूहमा चार अंक बनाएको कुवेत तेस्रो स्थानमा छ । खाता खोल्न नसकेको चाईनिज ताईपेई समूहको पूछारमा छ । नेपालले अब समूहका बाँकी चारै खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप