शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो पटक ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन आह्वान

बुधबार, २९ असोज २०७६, ०६ : ५१
बुधबार, २९ असोज २०७६

लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । 

आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ ।

आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ । 

मुलुक संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक यी पदमा विज्ञापन आ्हवान भएको हो । यससँगै २ वर्षदेखि अवरुद्ध हुँदै आएको प्रक्रियाले निरन्तरता पाउने भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप