शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद साहलाई तत्काल रिहा गर्न राजपा नेपालको माग

बुधबार, २९ असोज २०७६, ०९ : ००
बुधबार, २९ असोज २०७६

काठमाडौं-राष्टिय जनता पार्टी नेपालले आफ्नो पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ गरिएको घटनाप्रति घोर आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाठुरले आज एक विज्ञप्ति जारी गरी सो सांसद साह पक्राउ गरिएको घटनाप्रति घोर भत्र्सना गर्दै उनको तत्काल रिहाईको माग गरेका छन् ।

विज्ञप्तिमा सांसद साहको तत्काल रिहाई गरी सम्बन्धित एयरलाइन्सको सेवा प्रभावकारी,भरपर्दो र नियमित बनाउन समेत माग गरिएको छ । बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा सामान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाइएको समेत विज्ञप्तिमा दाबी गरिएको छ । 

सांसद साहले सोमबार काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज ढिला आएको भन्दै काउन्टर तोडफोड गरेका थिए । सोही आरोपमा मंगलबार उनलाई त्रिभुवन अन्तर्राष्टि विमानस्थल परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको सांसद साहलाई जिल्ला अदालत धनुषामा उपस्थित गराउन जनकपुर लगिएको छ । साह सर्लाही क्षेत्र नम्बर १ बाट राजपाको तर्फबाट निर्वाचित सांसद हुन् ।

त्यस्तै सांसद साहको रिहाईको माग गर्दै राष्टिय जनता पार्टी नेपाल धनुषाले आन्दोलका कार्यक्रम समेत सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रममा असोज २९ गते चक्काजाम लगायतका कार्यक्रमहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप