शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोगंबुबाट ४ किलो चरेससहित दुई जना पक्राउ

मङ्गलबार, २८ असोज २०७६, २१ : २४
मङ्गलबार, २८ असोज २०७६

काठमाडौँ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले ४ किलो अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

चेकजाँचको क्रममा गोगंबुबाट चरेससहित दुई जनालाई पक्राउ गरिएको महाराजगञ्ज वृत्तका प्रहरी नायवबउपरीक्षक उमेश लम्सालले  जानकारी दिए । 

चेकजाँचको क्रममा जाजरकोट जिल्ला नलगाढ नगरपालिका १ घर भइ हाल चन्द्रागिरी नगरपालिका  थानकोट बस्ने बर्ष २३ को भुवन बुढामगर र जाजरकोट जिल्ला नलगाढ नगरपालिका  ३ घर भई चन्द्रागिरी थानकोट काठमाडौं  बस्ने  बर्ष २८ को नवीन प्रकाश पुन ४ किलो अवैध लागुऔषध चरेस सहित पक्राउ परेको लम्सालले बताए । 

पक्राउ गरिएका दुवैलाई थप अनुसन्धान गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप