बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीको भ्रमणले सम्बन्ध नयाँ उचाईमा: मुख्यमन्त्री पोख्रेल

मङ्गलबार, २८ असोज २०७६, १९ : ४६
मङ्गलबार, २८ असोज २०७६

बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । उनले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए । चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरे । उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको विआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि विआरआई महत्वपूर्ण रहेको बताए । सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणको लागि अनुरोध समेत गरे ।

सिचुवानप्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको समेत उनको भनाई थियो । सिचुवान र प्रदेश ५ बीच तीन महिनाअघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । मन्त्री पोखरेल सोमबार चीन पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप