शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफगानिस्तानमा तेह्र तालिबान लडाकू मारिए

मङ्गलबार, २८ असोज २०७६, १६ : ३९
मङ्गलबार, २८ असोज २०७६

एजेन्सी– अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिवान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ  ।

प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकू घाइते भएका थिए ।

उक्त क्षेत्रमा विद्रोहीहरुलाई सफा नगरेसम्म कारबाही जारी रहने प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । तालिबानी संगठनले यस कारबाहीको बारेमा केही टिप्पणी गरेका छैनन् । –सिन्हवा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप