बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिरोले ल्यायो प्रिमियम एडभेञ्चर मोटरसाइकल–एक्सपल्स २००

मङ्गलबार, २८ असोज २०७६, १५ : २४
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं– सुप्रसिद्ध ब्राण्ड हिरोले नेपाली बजारमा प्रिमियम एडभेञ्चर मोटरसाइकल–एक्सपल्स २०० ल्याएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले हिरो एक्सपल्स २०० सार्वजनिक गरेको हो । हिरो एक्सपल्स २०० सिरिज उत्कृष्ट प्रिमियम एडभेञ्चर मोटरसाइकल हो । 

मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीले एक्सपल्स २०० उच्च टेक्नोलोजिमा आधारित प्रिमियम उत्पादन रहेको जनाएको छ । यसै अवसरमा कम्पनीले उक्त मोटरसाइकल नेपाली बजारको लागि आफ्नो महत्वकाँक्षी प्रिमियम उत्पादन प्रदान गरिएको समेत जानकारी दिएको छ । 

हिरो एक्सपल्स २०० को बजार मूल्य ३ लाख ८५ हजार तोकिएको छ । सार्वजनिक भएको छोटो समयमा नै भारतीय बजारमा राम्रो व्यापार गर्न सफल हिरो एक्सपल्स २०० मा २०० सीसीको कार्बुरेटर इन्जिन जडान गरिएको छ । जसले १८.४ पिएस र १७.१ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सुरक्षा र सुविधामा प्रखर मानिएको एक्सपल्समा एकल च्यानल एबिएस प्रणालीसहित मोड मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टयुक्त ठूलो आसन र रबर प्याड उपलब्ध गराइएको छ । 

आजैदेखि नेपाली बजारमा बिक्रिवितरण सुरु गरिएको हिरो एक्सपल्स २०० मोटरसाइकल चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ रङ्गमा उपलब्ध रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप