शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमको नाफा १५ अर्ब, सेवा विक्रिवाट ४० अर्ब कमायो

बुधबार, ३२ साउन २०७४, ११ : ५१
बुधबार, ३२ साउन २०७४

काठमाडौं–दुरसञ्चार प्रदायक नेपाल टेलिकमले गत आर्थिक बर्षमा १५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । टेलिकमले अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा ३० प्रतिशतले बढाएको हो । 


टलिकमले अघिल्लो आवमा ११ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । भर्खरै सार्वजनिक गरेको टेलिकमको वित्तिय विवरण अनुसार उसको सेवा विक्रिवाट ४० अर्ब रुपयाँ कमाइ भएको छ । अघिल्लो आवमा टेलिकमले सेवा विक्रिवाट ३० अर्ब रुपैयाँ कमाएको थियो । 


एक आथिृक बर्षमा ५ अर्ब ४७ करोड आयकर तिरेको टेलिकमले विभिन्न शिर्षकमा २४ अर्ब रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा भने यस्तो खर्च १७ अर्ब ५३ करोड रुपैयाँ थियो । टेलिकमको चुक्ता पुँजी १५ अर्ब पैयाँ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप