शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएलाई जलविद्युत, पर्यटन र खानी उद्योगमा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाको आग्रह

मङ्गलबार, २८ असोज २०७६, १४ : ५२
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले गैरआवासीय नेपालीलाई जलविद्युत, पर्यटनका क्षेत्रहरु तथा खानीजन्य उद्योगहरुमा लगानी गर्न आग्रह गरेका छन् । 

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको नवौं साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले अहिलेसम्म नेपालका लागि व्यक्तिगत रुपमा, संस्थागत रुपमा गैरआवासीय नेपालीले गरेको कामको प्रशंसा गर्दै मुलुक स्थिरतातर्फ गएकोले थप लगानी गर्न आग्रह गरे । मन्त्री खतिवडाले उर्जाका स्रोतहरुको उपयोगलाई अघि बढाउन गैरआवासीय नेपालीलाई हाइड्रोपावरमा लगानी गर्न जोड दिए । 

मन्त्री खतिवडाले भने, ‘अहिले ३ हजार मेगावटा क्षमताका जलविद्युत आयोजनाहरुको निर्माण भइरहेको छ । १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको छ । १० हजार मेगावाटका कम्तिमा लागि २० खर्ब लगानी आवश्यक छ । त्यसमा लगानीका लागि गैरआवासीय नेपालीको पनि ठूलो भूमिका हुन्छ ।’

उनले सरकारले प्राकृतिक खानी क्षेत्र खुला गर्ने बताउँदै फलाम खानी, पेट्रोलियम पदार्थको खानीको लगानीका लागि सरकारले आह्वान गर्ने बताए । उनले ती क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई लगानीको लागि स्थान दिने बताए । उलने प्राकृतिक स्रोतको प्रयोग गर्दै वाताबरणप्रति अनुशासित भएर लगानी गर्न आग्रह गरे । 

उनले नेपालमा लगानी गर्नेहरुका लागि कामदारको समस्या नरहेको बताए । उनले भने, ‘विदेशबाट लगानीका लागि आउनेका लागि यहाँ अझै श्रमिक जनशक्तिहरु छन् । सामाजिक सुरक्षा कार्यक्रम ल्याएपछि २ बर्षदेखि श्रमिक हडताल भएको छैन । तपाईहरुले ढुक्क भएर श्रमिक प्रयोग गर्न सक्नुहुन्छ ।’  

उनले धितोपत्र बोर्डमा एनआरएनलाई लगानी गर्न दिने भनेकोमा त्यसमा परेको समस्या हल गर्न सरकार तयार रहेको बताए । उनले विश्वमा काम गरेको अनुभव प्रयोग गरेर ठूला किसिमका उद्योगहरु खोल्न आग्रह गर्दै सरकार आफै र नीजि क्षेत्र आफैले मात्र काम गर्न समस्या भएकोले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने ऐन ल्याएको छ र छिट्टै नियमावली बनाउदै गरेको उल्लेख गरे ।  

सरकारले अब सबै प्रकारका स्रोतहरुलाई एकैठाउँमा राखेर ठूलो फन्ड बनाउँदै ठूला आयोजनाहरुमा लगानी गर्न वातावरण बनाउन लागेको बताए ।  उनले भने, ‘पूर्वाधाार क्षेत्र, खानीजन्य क्षेत्र, कृषिजन्य क्षेत्र, शिक्षा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुस । शिक्षा स्वास्थ्यमा गरेको लगानी राम्रो भएको छ । सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजना छ । सन् ४० मा ४० लाख पर्यटक आँउदा थप ९० हजार होटल बेड बनाउँने हो भने ४ खर्ब लगाउनुपर्छ । केबलकार ब्यापार फाइदाजनक छ । त्यसमा लगानी संभावनायुक्त छ ।’ 

मन्त्री खतिवडाले बनको जग्गा प्राप्तीलाई सरकारले खुकिलो बनाइएको बताउँदै लगानी र औद्योगिक सुरक्षाका लागि डेडिकेटेट र्फोस राख्ने योजना पनि बनाएको पनि उल्लेख गरे ।   विदेशी लगानीका लागि नाफा फिर्ता लैजान सक्ने जस्ता विषयलाई अघि बढाउन लागेको भन्दै शहरी क्षेत्रको मनोरञ्जन क्षेत्रमा पनि लगानीको सम्भावना रहेको बताए ।  

उनले संघीयताको दोश्रो वर्षमा आइपुग्दा सरकारले धेरै समस्या हल गरिसकेको बताउँदै करको समस्या रहेकोमा अहिले त्यो हल भइसकेको र दोहोरो कर उठाउने जस्ता समस्या विस्तारै हल हुँदै जाने बताए । 

उनले प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण हुने बताउँदै प्रत्येक स्थानीय निकायमा एउटा एउटा औद्योगिक ग्राम पनि स्थापना हुने त्यसमा पनि गैरआवासीय नेपालीले लगानी गर्न सक्ने बताए । उनले सरकारले ४ हजार औद्योगिक ग्राम स्थापनामा लागि सहमति दिएको पनि जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप