शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट, पुलिससमेत चकित

मङ्गलबार, २८ असोज २०७६, ११ : ५६
मङ्गलबार, २८ असोज २०७६

जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिरहेको थियो । पुलिस थुप्रै दिनदेखि चोरीको बढ्दो मामलाका कारण तनावमा थिए ।

घरमा भेटिए १५९ सिटः

ओकियोले पहिलो पटक अगस्टमा साइकलको सिट चोरेका थिए । जुन व्यक्तिको सिट ओकियोले चोरेका थिए ती व्यक्तिले पुलिसलाई यसबारे उजुरी दिएका थिए । पुलिसले जब अनुसन्धान सुरु गरे तब सिसिटिभी क्यामरामा आकियोले चोरी गरिरहेको स्पष्ट देखिएका थिए । उनले निकै सावधानीपूर्वक साइकलको सिट निकालेर आफ्नो बास्केटमा राखेको देखिएका थिए । त्यसपछि उनी पुलिस रडारमा आएका थिए ।

पुलिसले आकियोलाई पक्राउ गरेपछि उनको घरमा छापा मार्दा दंग भए । उनको घरबाट १५९ साइकल सिट बरामद गरियो ।

पुलिसलाई दिइएको बयानमा आकियोले भने, ‘सन् २०१८ मा मेरो साइकलको सिट चोरी भएको थियो । जसका कारण मैले ठूलो समस्याको सामना गर्नुपर्‍यो । त्यसपछि मैले आफूले जस्तो समस्या भोगेँ त्यही समस्या अरुले पनि भोगुन् भन्ने उद्देश्यले यस्तो गरेको हुँ । त्यसकारण मैले पुलिसलाई यसबारे जानकारी दिनुको साटो चोरी गर्न सुरु गरेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप