शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको दाबी : स्वतन्त्रता दिवसमा लद्दाख छिर्न खोज्यो चिनियाँ सेना

बुधबार, ३२ साउन २०७४, ११ : २२
बुधबार, ३२ साउन २०७४

नयाँ दिल्ली । आफ्नो स्वतन्त्रता दिवसको दिन चिनियाँ सेना लद्दाखमा घुसपैठ गर्न खोजेको आरोप भारतले लगाएको छ । चीनको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल समेत बनाएको भारतीय मिडियाले दाबी गरेको छ ।

भारतीय मिडियाका अनुसार चिनियाँ सेना पेंगङ्ग तालसम्म चिनियाँ सेना पुगेका थिए । भारतीय सेनाले उनीहरुलाई पछाडि हटाएपछि चिनियाँ सैनिकले ढुंगामुढा गरेको पनि बताइएको छ ।
घटनामा कयौँ भारतीय सेना घाइते भएको उल्लेख छ ।

गत जुनदेखि भारत र चीनबीच डोकलाममा सीमा विवाद चलिरहेको छ । 

समाचार एजेन्सीका अनुसार १५ अगस्तमा चिनियाँ पिएलएले भारतको दुई स्थान ‘फिंगर फोर’ र ‘फिंगर फाइब’ मा बिहान ७ बजेदेखि ९ बजेसम्म घुसपैठको प्रयास गरेका थिए । तर, दुवै पटक भारतीय सेनाले त्यो प्रयास विफल बनाएका थिए ।

भारतीय सेनाले घुसपैठ रोकेपछि पिएलएले मानव साङ्ग्लो बनाएर र ढुंगामुढा गरेको दाबी गरिएको थियो ।

त्यसपछि भारतीय सेनाले पनि त्यसको जवाफ दिँदै दुवै पक्षका केही सेना घाइते भएको भारतीय समाचार एजेन्सीले बताएको छ ।

अहिले दुवै पक्षका सेना आ–आफ्नो स्थानमा फर्किसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप