बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मंसिरमा जुर्यो ‘मखमली मखमली’ को साइत

मङ्गलबार, २८ असोज २०७६, ११ : २१
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं – १३ मंसिरबाट प्रदर्शनमा आउने फिल्म ‘मखमली मखमली’को फस्ट लुक्स सार्वजनिक गरिएको छ । फिल्म प्रचारका लागि तयार गरिएको दुई पोष्टर निर्माण युनिटले फस्टलुकको रुपमा बाहिर ल्याएको हो । 

सावित्रा चिलुवालको निर्माण रहेको फिल्मको फस्टलुकमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्वका साथ प्रस्तुत गरिएको छ । 

दुबै पोष्टरमा जयकिशन हाँस्य अबतारमा देखिएका छन् । एउटा पोष्टरमा उनी ढकियामाथि बसेर बियर पिउँदै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाइएको छ । यस्तै अर्को पोस्टरमा जयकिशन तिलहरी युक्त पोते र मंगलसूत्रमा सजिएको देखाइएको छ । 

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । 

फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ । 

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप