शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ वर्षका बालकले समाते ३१४ किलोको शार्क, २२ वर्ष पुरानो रेकर्ड तोडे

मङ्गलबार, २८ असोज २०७६, १० : ४३
मङ्गलबार, २८ असोज २०७६

अष्ट्रेलियामा आठ वर्षका जेडेन मिल्लौरोले ३१४ किलोको शार्क समातेर रेकर्ड बनाएका छन् । जेडेन आफ्ना पितासँग माछा मार्नका लागि सिड्नीको साउथ कोस्टबाट १६० किलोमिटर टाढा ब्राउन माउन्टेन नजिकैको इलाकामा गएका थिए । जेडेन पोर्ट ह्याकिंग गेम फिशिंग क्लबका सदस्य हुन् र माछा मार्न सिकिरहेका छन् ।

बुवाले कुराकानीको क्रममा जेडेनले कर गरेपछि मात्र आफू माछा मार्नका लागि गएको बताए । उनले भने, ‘शार्क हाम्रो डुङ्गा पछि–पछि आइरहेको थियो । तब जेडेनको नजर उमाथि पर्‍यो । यसैबीच उनले काँटी र जालमार्फत् सार्कलाई समात्यो । यद्यपि, सार्कलाई डुङ्गातर्फ तान्न मैले उसको मद्दत गरेँ ।’

पछिल्लो रेकर्ड ३१२ किलोको थियोः

स्थानीय मिडियाका अनुसार ३१४ किलो तौल माछा समातेर जेडेनले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । यसअघि इयान हिसेले सन् १९९७ मा ३१२ किलो तौल भएको टाइगर सार्क समातेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप