शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुल्गेरियाको पोस्ट्मा इङ्ल्यान्डको गोल बर्षा

मङ्गलबार, २८ असोज २०७६, ०८ : ४४
मङ्गलबार, २८ असोज २०७६

युरोकप छनोट खेलमा इङ्ल्यान्डले बुल्गेरियामाथि गोलबर्षा गरेको छ । समूह ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा इङ्ल्यान्डले बुल्गेरियालाई उसैको घरेलु मैदानमा ६–० गोलले हरायो ।

इङ्ल्यान्डको जितमा रहिम स्टर्लिङ र रोस बार्कलीले दुई दुई गोल गरे । कप्तान ह्यारी केन र मार्कुस रासफोर्डले एक एक गोल गोल गरेका थिए । पहिलो हाफमै चार गोल गरेको इङ्ल्यान्डका लागि मार्कुसले सातौं मिनेटमा पहिलो गोल गरे । त्यसपछि बार्कलीले २०औं र ३२औं तथा स्टर्लिङले ४५औं र ६९औं मिनेटमा ब्यक्तिगत दुई दुई गोल गरे । कप्तान केनले ८५औं मिनेटमा गोल गर्दै इङ्ल्यान्डलाई सजिलै जिताए ।

जितसँगै इङ्ल्यान्डले ६ खेलबाट १५ अंक बनाएको छ । इङ्ल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा छ । तीन अंक बनाएको बुल्गेरिया अन्तिममा छ । यही समूहको अर्काे खेलमा कोसोभोले मोन्टेनेग्रोलाई २–० गोलले पराजित गरेको छ । जितसँगै ११ अंक बनाएको कोसोभो तेस्रो स्थानमा छ । १२ अंक बनाएको चेक रिपब्लिक दोस्रो स्थानमा छ । तीन अंक बनाएको मोन्टेनेग्रो गोलअन्तरका आधारमा चौथो स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप