शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षे पप स्टार मृत फेला

मङ्गलबार, २८ असोज २०७६, ०८ : २४
मङ्गलबार, २८ असोज २०७६

कोरियाली पप स्टार सुलीको २५ वर्षको उमेरमा मृत्यु भएको छ ।

पुलिसका अनुसार गायिकाका म्यानेजरले उनलाई दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेका थिए ।

पुलिसले उनको मृत्युको कारण पत्ता लगाउनका लागि अनुसन्धान गरिरहेको छ र उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

इन्स्टाग्राममा ५० लाख बढी फलोअर्स भएकी पप स्टार उनी ब्यान्ड ा९ह० की पूर्व सदस्य हुन् । सन् २०१५ मा अभिनय क्षेत्रमा प्रवेश गरेपछि उनले ब्यान्ड छोडेकी हुन् ।

Photo: Getty Image

वास्तविक नाम चोय जीन–री भएकी उनले अनलाईनमा हिंसा भोगेका कारण के–पपको काम छोडेको धेरैले बताउने गरेका छन् ।

संगीत पत्रकार टेलर ग्लास्कीका अनुसार उनी स्वतन्त्र स्वभावकी थिइन् ।

‘उनले आफूले चाहेको अनुसार जीवनयापन गर्ने निधो गरिन् जसलाई सर्वसाधारणले खासै पचाएनन्,’ उनले रेडियो वान न्यूजबीटलाई भनिन् ।

 

Photo: HAN MYUNG-GU

दक्षिण कोरियामा पप स्टारलाई आइडल मानिन्छ ।

सुलिलाई धेरैले विवादास्पद व्यक्तिको रुपमा हेर्ने गर्दथे । उनले आफ्ना प्रशंसकलाई आफ्नो शरीर कसरी देखाउने भन्ने कुरामा आफ्नो निर्णय हुने उनी बारम्बार बताउने गर्थिन् ।

उनी ‘नो ब्रा’ स्क्यान्डलमा पनि समावेश भइन् जहाँ उनले विभिन्न कार्यक्रममा थुप्रै पटक ‘निप्पल’ पनि देखाएकी थिइन् ।

उनको पहिलो फोटो सन् २०१६ को मे महिनामा इन्स्टाग्राममा प्रकाशित भएको थियो जसमा उनले अत्यधिक आलोचना खेप्नु परेको थियो ।

अघिल्लो महिना इन्स्टाग्राममा लाईभ स्ट्रिममा उनले स्तन दुर्घटनावश देखिएको थियो जसले पुनः दक्षिण कोरियाभरी विवाद निम्त्याएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

오늘 왜 신나?

A post shared by 설리가진리 (Sulli) (@jelly_jilli) on

सुलि के पप स्टार जोङ्गह्युनकी निकै मिल्ने साथी हुन् । जोङ्गह्युनले २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।

सुलि सन् २०१७ मा उनको अन्तिम संस्कारमा सरिक भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप