बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल–गोरखपुर प्रशारण लाइनमा सहमति जुटाउन नयाँ दिल्लीमा बैठक

मङ्गलबार, २८ असोज २०७६, ०७ : २७
मङ्गलबार, २८ असोज २०७६

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारी समितिको (जेएससी) को बैठक सोमबारदेखि भारतमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको वित्तीय ढाँचा निर्माण, इनर्जी बैंकिङ लगायतबारे छलफल हुने कार्यक्रम छ । 

अमेरिकी सरकारले ऊर्जा र सडक मर्मताका लागि लिएको ५ सय मिलियन डलरको अनुदान सहयोगका लागि बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनलाई समेत एउटा सर्तको रुपमा लिइएको छ । 

आगामी असारदेखि मिलिनियम चालेन्ज कर्पोरेसन (एमसीसी) को सो योजना निर्माण गर्ने घोषणा गरिरहेको छ । बुटवल–गोरखपुर प्रशारण लाइन अघि बढाउने ठोस सहमति हुन नसकेमा अनुदानमा समेत असर पर्ने भएकाले यसलाई बैठकमा महत्वपूर्ण एजेन्डाका रुपमा लिइइको छ । यो समाचार आजको कारोबार दैनिमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप