मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची पानीको वितरण तयारीका लागि पाइपलाइन सफाइ सुरु

आइतबार, ०८ असोज २०७४, १३ : ०३
आइतबार, ०८ असोज २०७४

काठमाडौं -काठमाडौँमा सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइने खानेपानी वितरणको तयारी स्वरुप मेलम्ची  खानेपानी आयोजना २ ले काठमाडौँमा विछ्याइएका पाइपलाइनको सफाइ सुरु गरेको छ । 

काठमाडौँको सुन्दरीजलदेखि चावेलस्थित महाङ्कालसम्म मुख्य पाइपलाइन सफाइ कार्य सकिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

६ सय ७० किलोमिटर वितरण प्रणालीमध्ये ६ सय १० किलोमिटरमा पाइपलाइन विस्तार गरिसकिएको छ भने ५१ किलोमिटर मुख्य वितरण प्रणालीमध्ये ४८ किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ । पाइपलाइन विस्तारसँगै पानी वितरणको परीक्षण थालिएको आयोजना २ अन्तर्गत आयोजाना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले जानकारी दिए । गुह्वेश्वरीस्थित बागमती ट्रिटमेन्ट प्लान्टबाट निकालिएको पानीबाट पाइपलाइनको सफाइ तथा परीक्षण थालिएको हो । 

गत शनिबारदेखि बागमतीको पानी प्रशोधन केन्द्रबाट निकालिएको प्रशोधित पानीबाट सफाइ तथा परीक्षण थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गत रहेको केन्द्रीय कार्ययोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कतिपय स्थानमा भल्ब बनाउनुपर्ने अवस्था रहेकाले ती स्थानमा निमाार्ण सकिएपछि सफाई गरिने प्रवक्ता ढकालले जानकारी दिए ।

मेलम्चीको पानी काठमाडौँ आइपुग्ने वित्तिकै वितरण गर्ने लक्ष्यका साथ तयारी गरिरहेको र पानी काठमाडौैँ झर्ने बित्तिकै घर घरमा पानी विवरण हुने आयोजनाको भनाइ छ । 

५ स्थानमा पानी सङ्कलन केन्द्रको काम सकियो 
मेलम्चीबाट आएको पानी सङ्कलन तथा वितरणका लागि उपत्यकाका विभिन्न ठाउँमा पानी सङ्कलन केन्द्रको निमार्ण भइरहेको छ । यतिबेलासम्म ५ वटा पानी सङ्कलन केन्द्र निमार्ण सम्पन्न भइसकेको प्रवक्ता ढकालले जानकारी दिए । काठमाडौँको महाङ्काल चौरको, बाँसबारी, बालाजु, महाराजगञ्ज र खुमलटारको पानी सङ्कलन केन्द्रको निमार्ण सम्पन्न भइसकेको छ  । 

यस्तै भक्तपुरको बोडे टिगनीमा रहेको पानी सङ्कलन केन्द्रको काम ८० प्रतिशत सकिएको छ भने कीर्तिपुरमा रहेको पानी सङ्कलन केन्द्रको काम ५० प्रतिशत सकिएको छ । यता भक्तपुरको कटुञ्जेमा निमार्ण गरिने भनिएको पानी सङ्कलन केन्द्रको काम भने अझै सुरु भएको छैन । वर्षा सकिएलगतै काम सुरु गरिने प्रवक्ता ढकालको भनाइ छ । 

४५ हजार घरमा जाने पाइपलाइन विस्तार भइसकेको छ भने विभिन्न स्थानमा भल्भ च्याम्बर निमार्णको काम पनि भइरहेको छ । खुद्रा वितरण प्रणालीअन्तर्गत घर घरमा धारा पुर्याउन अब ६० किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी छ भने मुख्य पाइपलाइन ५ किलोमिटर विस्तार गर्न बाँकी रहेको छ । मङ्सिर अन्तिमसम्म काम गर्ने समयसीमा रहेकाले उक्त अवधिभित्र काम सक्नेगरी काम भइरहेको प्रवक्ता ढकालको भनाइ छ । 

वर्षातको समय भएकाले यतिबेला काम अगााडि बढाउन केही ढिलाइ भएको उनले बताए । खानेपानी वितरणका लागि आयोजना निर्देशनालयले पानीको मुख्य पाइपलाइनका साथै घर घरमा पुग्ने हरेक पाइपलाइनको सफाइ गर्ने भएको छ । पाइप सफाइ गर्न भनेर नै नयाँ पाइपलाइन पुगेका घरमा मिटरसमेत राखिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल भन्छन्– मेलम्चीको पानी काठमाडौैँ झर्नेबित्तिकै घरघरमा पानी पुग्छ, पानी आउने बेलासम्म हामीले वितरण प्रणालीलाई चुस्त दुरुस्त अवस्थामा निमार्ण सम्पन्न गरिसकेका हुनेछौँ ।  

मेलम्ची खानेपानी योजनाका लागि झन्डै २७ किलोमिटर टनेल खन्नुपर्नेमा अब २ किलोमिटर खन्न बाँकी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप