आजदेखि सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै
सोमबार, २७ असोज २०७६, २२ : ०८
काठमाडौं-दशैँको बेला बन्द रहेका सरकारी कार्यालय आजदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि आजदेखि नियमित रुपमा खुलेका हुन् ।
कार्यालय खुलेसँगै सेवाग्राही पनि आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कार्यालय खुलेसँगै सेवाग्राहीको आउन थालेको बताए ।
‘‘कार्यालयका केही टाढा रहेका कर्मचारी आउन बाँकी रहेको छ । दैनिक जसो नियमित कार्य शुरु गरिएको छ’’, उनले भने, ‘‘आजदेखि विस्तारै सेवाग्राहीहरु बढेका छन् ।’’
दशैँमा पाँच दिन सरकारी कार्यालय बन्द रहेका थिए । आइतबार पनि सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएपछि आजदेखि मात्र नियमित रुपमा कार्यालय खुलेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा