शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्तानको बिषयमा स्वस्तिमाले भनिन्, ‘केही बर्ष अझै योजना छैन’

सोमबार, २७ असोज २०७६, १८ : ३९
सोमबार, २७ असोज २०७६

काठमाडौं – रियल जोडी निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको विवाह भएको ४ बर्ष बितिसकेको छ । अभिनयमा ब्यस्त यो जोडीको अहिलेसम्म बच्चाको प्लान छैन ।  सायद त्यसैले पनि होला उनीहरु अचेल एकसाथ जहाँ देखिन्छन् । त्यहाँ एक प्रश्न सोध्ने गरिन्छ । बच्चा कहिले हुन्छ ? 

सोमबार काठमाडौको कमलपोखरी स्थित बिग मुभिजमा आयोजना भएको फिल्म ‘घामड शेरे’को ट्रेलर रिलिज कार्यक्रममा पनि उनीहरुमाथि यो प्रश्न तेर्सिएको थियो ।  उक्त अवसरमा अभिनेत्री स्वस्तिमाले अहिले सन्तान जन्माउने आफुहरुको कुनै योजना नरहेको जानकारी दिइन् । 

कार्यक्रममा अभिनेत्री स्वस्तिमाले आफुहरुको सन्तान अझै केही वर्षपछि आउने तर कडा आउने बताइन् । उनले भनिन्, ‘ढिलो आउँछ तर कडा आउँछ ।’ स्वस्तिमाको जवाफमा निश्चिल भने हाँसीरहे । अभिनेत्री स्वस्तिमा पछिल्लो समय फिल्म करिअर उकालो लागेको छ । उनले एकपछि अर्काे राम्रो फिल्ममा काम गर्ने अवसर पाइरहेकी छन् । केही वर्ष उनको राम्रा र प्रभावशाली फिल्म खेल्ने योजना छ । 

ट्रेलर सार्वजनिक गरिएको फिल्म ‘घामड शेरे’ कार्तिक ८ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा निश्चल र स्वस्तिमाकै मुख्य भूमिका रहेको छ । फिल्मका निर्देशक हेमराज विसी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप