शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दावी रकम भुक्तानी

सोमबार, २७ असोज २०७६, १८ : ३०
सोमबार, २७ असोज २०७६

काठमाडौं– सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय दाङद्वारा एक कार्यक्रमको बीच मृत्यू दावी बापतको रकमको चेक हस्तान्तरण गरिएको छ । 

बैदेशिक रोजगारमा जाने समयममा यस कम्पनीमा बैदेशिक रोजगार म्यादी जीवन बिमा गराउनु भएका बिमित शेर बहादुर मल्लको कामको सिलसिलामा यही मिति २०७६ साल श्रावण २२ गते विदेशमा मृत्यू भएको थियो  ।

र सो मृत्यू दावी भुक्तानीको रकम निजको ईच्छाईएको व्यक्ति निजकी श्रीमती अस्मीता मल्ललाई १४ लाख बराबरको चेक लमही नगरपालिकाका प्रमुख कुल बहादुर के.सी. ले हस्तान्तरण गरे ।

मृतक शेर बहादुर मल्लले २०७५ कार्तिक १४ गते ५ हजार ३ सय ३० प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप