कुल आचार्यले गरे प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा, महासचिवमा जानकी
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान उपाध्यक्ष कुल आचार्यले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार दिउँसो काठमाडौँमा आचार्यले पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् ।
यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर, सहमतिपछि गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले जानकारी दिए ।
तपाईँको प्यानले जित्ने आधार के हो भन्ने सञ्चारकर्मीको प्रश्नमा आचार्यले एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा पुर्याएको योगदान आफ्नो आधार भएको बताए । उनले अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी थरे । सो क्रममा उनले आफ्नो १० वटा प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
यस्तै उनले आफ्नो प्यानल निर्वाचित भए एनआरएनएको भवन रहेको जग्गा विवादबारे सरकारसँगको पहलमा समाधान गर्ने बताए । एनआरएनएका प्रतिनिधिबारे घुसपेठका सम्बन्धमा छनविन हुने पनि उनले बताए ।
एनआरएनएको नवौं विश्व सम्मेलन असोज २८ र २९ गते काठमाडौंमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा