जापानमा आएको आँधीमा मृत्यु हुनेको संख्या ३७ पुग्यो
जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले वचाउ तथा सफाई अभियान संचालन गरिएको छ ।
हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै १७ हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो ।
जापानको भूमि तथा यातायात मन्त्री २१ जलमार्गका तटबन्ध भत्किएको बताएको छ । कयैन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ ।
जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रममा युद्ध स्तरमा संचालन गरिएको छ । प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ ।
अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत