शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुस र पोल्यान्ड युरोकपमा छनोट

सोमबार, २७ असोज २०७६, १० : ३०
सोमबार, २७ असोज २०७६

रुस र पोल्यान्ड सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएका छन् । आइतबार राति भएको समूह ‘आई’ को खेलमा रुसले साईप्रसलाई ५–० गोलले हराउँदै छनोट यात्रा पूरा गरेको हो । यस समूहबाट बेज्लियम यसअघिनै छनोट भइसकेको छ । समूह ‘जी’ को खेलमा पोल्यान्डले नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गर्दै युरोकपमा स्थान बनायो । पोल्यान्ड दुई खेल अगावै छनोट भएको हो ।

साईप्रसको घरेलु मैदानमा खेलिएको खेलमा रुसलाई जिताउन डेनिस चेरसेवले नवौ मिनेटमा खाता खोले । मेगोमेड ओजदोयेवले २२आंै मिनेटमा गोल गर्दै रुसको अग्रता दोब्बर बनाए । आर्टेम डेजुबाले ७९औं र अलेक्सा गोलोविनले ८९आंै मिनेटमा गोल गरे । डेनिसले दोस्रो हाफको इन्जुरी समयमा ब्यक्तिगत दोस्रो गोल थप्लै रुसलाई सजिलै जिताएका थिए । जितसँगै आठ खेलबाट २१ अंक बनाएको रुस तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बेल्जियमको समान खेलबाट २४ अंक पुगेको छ ।

आइतबार रातिनै भएको खेलमा बेल्जियमले काजाकस्तानलाई २–० गोलले हराएको थियो । यस समूहमा साइप्रस १० अंक सहित तेस्रो स्थानमा छ । अर्को खेलमा स्कटल्यान्डले सान मारिनोलाई ६–० गोलले हराएको छ । जितसँगै नौ अंक बनाएको स्कटल्यान्ड चौथो, सात अंक बनाएको काजाकस्तान पाँचैं र अंकविहिन सान मारियो अन्तिममा छ ।

यसैगरी समूह ‘जी’ को खेलमा पोल्यान्डलाई जिताउन प्रेजमेस्लेव फ्रान्कोवस्कीले ७४औं र अर्काडिउस मिलिकले ८०औं मिनेटमा गोल गरेका थिए । पोल्यान्ड दुई खेल अगावै युरोकपमा छनोट भएको हो । जितसँगै पोल्यान्डले आठ खेलबाट १९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको अष्ट्रि«याको समान खेलबाट १६ अंक छ । यही समूहको अर्को खेलमा अष्ट्रि«याले स्लोभेनियालाई १–० गोलले हराए छ । यस समूहमा तेस्रो स्थानमा रहेको नर्थ म्यासेडोनिया र चौथो स्थानमा रहेको स्लोभेनियाको समान ११ अंक छ । आठ अंक बनाएको इजरायल पाँचौं स्थानमा छ । अंकबिहिन लात्भिया अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप