शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलिरहेको थियो अन्तिम संस्कारः चल्मलाउन थाले व्यक्ति, डराएर भागे मलामी

सोमबार, २७ असोज २०७६, १० : २८
सोमबार, २७ असोज २०७६

अन्तिम संस्कारका लागि शवलाई चितामा राखिएको थियो । चितामा आगोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ ।

भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो ।

‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले । हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृत होइन बेहोस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने ।

डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए । ‘यो ठिक भएन । डाक्टरले मृत घोषणा गरिसकेपछि अथवा शवको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने ।

पुलिसका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि  परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचेत लडिरहेको भेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप