बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्धपछि पहिलो ग्रान्ड स्लाम उपाधिका लागि भिड्दै सारापोभा

बुधबार, ३२ साउन २०७४, १० : २८
बुधबार, ३२ साउन २०७४

न्युयोर्क । प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध खेपेपछि मारिया सारापोभाले पहिलो ग्रान्ड स्लाम प्रतियोगिता खेल्ने भएकी छिन् । युएस ओपनमा वाइल्ड कार्ड दिएपछि उनले सो प्रतियोगिता खेल्न पाउने भएकी हुन् ।

पूर्व विश्व नम्बर १ सारापोभा गत अप्रिलमा नै खेलमा फर्किए पनि उनलाई फ्रेन्च ओपनमा वाइल्डकार्ड दिन अस्वीकार गरिएको थियो ।

३० वर्षीया रसियाली खेलाडी विम्बेल्डन खेल्नका लागि योग्य भए पनि घाइते हुँदै प्रतियोगिता खेल्नबाट बञ्चित बनेकी थिइन् ।

युएस ओपन अगस्त २८ देखि १० सेप्टेम्बरसम्म आयोजना हुनेछ ।

हाल उनी देब्रे हातमा चोटका कारण मैदानबाहिर रहेकी छिन् ।

सन् २०१६ को जुनमा डोपिङ प्रकरणमा उनलाई २ वर्ष प्रतिबन्ध लगाइएको थियो । तर, पछि कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा अपिल गरेपछि त्यसलाई १५ महिनामा झारिएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप