बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

को बन्ला युरोपको उत्कृष्ट खेलाडी ?

बुधबार, ३२ साउन २०७४, १० : ०८
बुधबार, ३२ साउन २०७४

लण्डन । जियान लुइजी बुफोन, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो युइएफए वर्ष पुरुष खेलाडीको अन्तिम सूचीमा पर्न सफल भएका छन् ।

यसअघि युरोपको उत्कृष्ट खेलाडी भनेर दिइने उक्त अवार्ड गत वर्ष रियल म्याड्रिडका स्टार रोनाल्डोले जितेका थिए । त्यस्तै मेस्सीले यो उपाधि दुई पटक जितेका छन् ।

युरोपमा खेल्ने जुनै पनि देशका खेलाडीहरुलाई दिइने यो उपाधि रोनाल्डो र मेस्सीबाहेक फ्रांक रिबेरी र आन्द्रेस इनियेस्टाले जितेका छन् ।

सन् २०१६–१७ सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको समूह चरणमा भाग लिएका क्लबहरुका ८० प्रशिक्षक तथा युरोपियन स्पोर्ट मिडियाले छनौट गरेका ५५ खेल पत्रकारले यो सूची चयन गरेका हुन् । यसमा प्रशिक्षकहरुलाई आफ्नै टोलीका खेलाडीहरुलाई मत दिन बन्देज लगाइएको थियो ।

रोनाल्डोले रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए भने मेस्सीले कोपा डेल रेको उपाधि जितेका थिए । मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।

उता, बुफोनले इटालिन लिग र कोपा इटालिया जित्नुकाको साथै क्लबलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए ।

चौथो स्थानमा रियलकै लुका मोड्रिच समकक्षी टोनी क्रुस र पाउलो डिबालालाई पछि पार्दै रहन सफल भएका थिए । 

त्यस्तै रियलका कप्तान सर्जियो रामोश सातौ स्थानमा रहे भने मोनाका युवा खेलाडी कायलिन एमबापे आठौँ तथा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा रहे । ज्लाटान इब्राहिमोविच दशौँ स्थानमा रहन सफल भए ।

यो उपाधि आगामी अगस्त २४ का दिन विशेष समारोह आयोजना गरेर वितरण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप