बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग छनौट : लिभरपुललाई झिनो अग्रता

बुधबार, ३२ साउन २०७४, ०९ : ५२
बुधबार, ३२ साउन २०७४

लण्डन । च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा लिभरपुलले झिनो अग्रता कायम गर्न सफल भएको छ । मंगलबार राती भएको खेलमा लिभरपुलले होफेनहाइमलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको छ ।

लिभरपुलका लागि फुलब्याक अलेक्सान्डर आर्नोल्डले पहिलो हाफको ३५ औँ मिनेटमा गोल गर्दै अग्रा दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा जेम्स मिल्नरको प्रहार हावार्ड नोर्डभेइटलाई लाग्दै जाली चुमेपछि लिभरपुलले अग्रता दोब्बर बनाएको थियो ।

तर, खेलको अन्त्यतिर लिभरपुलको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै मार्क उथले होफनहाइमका लागि एक गोल फर्काए ।

यसअघि खेलको ११ औँ मिनेटमा होफनहाइमले पेनाल्टी पाए पनि गोलकिपर सिमोन मिन्योलेले त्यसलाई बचाउ गरेका थिए ।

अब अर्को बुधबार लिभरपुलले होफनहाइमलाई एनफिल्डमा आतिथ्य गर्नेछ । त्यहाँ जित निकाले लिभरपुल सन् २०१४ पछि पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्नेछ ।

हिजै भएका अन्य खेलहरुमा एफसी कोपनहेगन एफके क्वाराबागसँग १–० ले पराजित भयो भने साल्भिया प्राग एपोएल निकोसियासँग २–० अन्तरले पराजित बन्यो ।
सिएसकेए मोस्कोले यङ ब्वाइजलाई पराजित गर्दा स्पोर्टिङ लिजबन भने स्टेउवा बुकारेस्टसँग गोलरहित बराबरीमा रोकियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप