बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी, समकक्षी भण्डारीले गरिन् विदाई

आइतबार, २६ असोज २०७६, १४ : २४
आइतबार, २६ असोज २०७६

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । 

स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् । 

राष्ट्रपति सीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रप्लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए । 

आफ्ना समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आएका थिए । 

नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान अन वान वार्ता समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप