नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु
आइतबार, २६ असोज २०७६, ११ : १३
काठमाडौं– नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता सुरु भएको छ । राजधानीको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हाे । वार्ताको नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनको तर्फबाट राष्ट्रपति सी जिनपिङले नेतृत्व गरेका छन् ।
बैठकपछि दुई देशबीच करीब १ दर्जन सम्झौता हुने बुझिएको छ ।