शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कागतीपानी पिउनुका के छन् फाइदा ?

बुधबार, ३२ साउन २०७४, ०९ : ३६
बुधबार, ३२ साउन २०७४

कागतीपानी पिउने बानी कत्तिको छ रु छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् । लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागतीपानीले फाइदा गर्छ ।

बिहान खाली पेटमा कागतीपानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

 भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

 कागतीपानीले पाचनमा सहयोग पुग्छ ।

 कागतीपानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

 रुघाखोकीको उपचारमा कागतीपानी उपयोगी हुन्छ ।

 मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

 कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ, किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

 एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

 कागतीपानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

 हरेक दिन कागतीपानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप