बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमाथि बर्सियो ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाको कहर

आइतबार, २६ असोज २०७६, ०८ : १८
आइतबार, २६ असोज २०७६

मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो हिस्सालाई अस्तव्यस्त बनाइदिएको छ । ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन् ।

चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार बेलुकी करिब ७ बजे ठोक्कियो ।

Photo: REUTERS

अहिले यो आँधी २२५ किलोमिटर प्रतिघण्टाको गतीमा देशको पूर्वी तटतर्फ बढिरहेको छ ।

Photo: EPA

गम्भीर स्थितीलाई हेरेर ७० लाख बढी व्यक्तिलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । तर ६० हजार व्यक्तिले मात्रै आफ्नो घर छोडेका छन् ।

Photo: EPA

रेल सेवा अवरुद्ध छन् । एक हजार बढी विमान हवाई अड्डामै छन् । दुई लाख ७० हजार घरमा बिजुली आपूर्ती बन्द भएको एनएचकेले जानकारी दिएको छ ।

Photo: AFP

क्योदो न्यूज एजेन्सीले पनि पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । यीमध्ये दुईको मृत्यु पहिरोले घर बगाएपछि भएको हो भने अर्का ६० वर्षका एक व्यक्तिको शव जलमग्न अपार्टमेन्टमा भेटिएको हो । यस्तै ५० वर्षका एक व्यक्तिको कार पल्टिएका कारण मृत्यु भएको छ ।

Photo: Getty Images

क्योदोका अनुसार अन्य ११ जना हराइरहेका छन् भने ९० जना घाइते भएका छन् ।

Photo: REUTERS

मौसम विभागले राजधानी टोकियोमा शनिबार र आइतबारको बीच आधा मिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएको छ ।

Photo: Franck Robichon/EPA

भारी वर्षाका कारण पहिरो र बाढीको स्थिती पैदा हुनसक्ने अनुमान गरिएको छ ।

Photo: AP

Photo: Jiji Press/EPA

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप