शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोलेको मकै खानुका फाइदै फाइदा

बुधबार, ३२ साउन २०७४, ०९ : २९
बुधबार, ३२ साउन २०७४

वर्षायाम अझैं चलिरहेको छ । यो समयमा तपाईंलाई सबैभन्दा बढी के खान मन पर्छ रु प्रायजसोले वर्षाको मौसममा तातो–तातो खान मन पराउँछन् । यो समयमा पोलेको मकै खानुस्, धेरै फाइदा हुन्छ । पोलेको मकैको स्वाद नै मिठो हुन्छ । तर, कहिल्यै सोच्नुभएको छैन होला, पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा हुन्छ भनेर । मकै एक यस्तो तत्व हो, जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो । जानौँ, पोलेको मकै खानुका केही फाइदा 
पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।

बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ । त्यसैले पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ ।

 
 
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप