शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छैन चीनसँगको व्यापार घाटा कम गर्ने एजेन्डा

आइतबार, २६ असोज २०७६, ०६ : ५४
आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण दर्जन एजेन्डाहरु समावेश भएपनि व्यापारघाटा कम गर्ने विषय भने समावेश नहुने भएको छ । नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो मुलुकमा  चीन पर्छ । तर, व्यापार सहजीकरण/व्यापार न्यूनीकरणबारे कुनै एजेन्डा नै छैन ।

‘सामूहिक रुपमा परराष्ट्र मन्त्रालयले कुरा राख्छ । कनेक्टिभिटीको कुरा उठ्छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने,‘तर, यकिन जानकारी छैन ।’

चीनसँग व्यापारघाटा वर्षेनि बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ भने निर्यात २ अर्ब १० करोडको मात्रै भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा पनि व्यापार घाटा ४० अर्ब ५६ करोड पुगेको छ भने निर्यात २९ करोड रुपैयाँको मात्रै भएको छ । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप