मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीको प्रतिबद्धताहरु यस्ता छन्

आइतबार, २६ असोज २०७६, ०६ : ३५
आइतबार, २६ असोज २०७६

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता छन् । 

१. नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ । 

२. बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं ।

३. केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं । 

४. अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं । 

५. हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं ।

६. हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं । 

७. चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप