बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती

आइतबार, २६ असोज २०७६, ०६ : २९
आइतबार, २६ असोज २०७६

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ ।

शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको हो । 

राष्ट्रपति सी विमानस्थल ओर्लनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो । 

हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाई पनि तयार राखिएको छ । 

राष्ट्रपति सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ जनमुक्ति सेना गरी चार तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्था मिलाईएको हो । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप