बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ढाडलाई आराम दिन यसो गरौँ

बुधबार, ३२ साउन २०७४, ०९ : २६
बुधबार, ३२ साउन २०७४

दीपक नेपाल योग प्रशिक्षक 


स्वस्थ शरीरका लागि योग निकै महत्वपूर्ण छ । योग शारीरिक रूपमा तन्दुरुस्त रहनका लागि गर्नुपर्छ । योगले शरीर मात्र होइन, मानसिक रूपमा पनि तन्दुरुस्त राख्न मद्दत गर्छ । नियमित योग गर्दा शरीरमा हुने अनावश्यक विकार हटाउनुका साथै जीवनमा पर्ने अप्ठ्याराहरू हटाउन पनि मद्दत गर्छ । नियमित रूपमा योग अभ्यास गर्दै जाँदा हाम्रो शरीरका सम्पूर्ण अंग स्वस्थ र सक्रिय हुँदै जान्छन् । साथै, दिमाग पनि स्वस्थ हुन्छ । योगले हामो शरीरमा हुने विभिन्न रोग हटाउन मद्दत गर्छ । शरीरलाई आराम दिन पनि योग गर्ने गरिन्छ । अचेल धेरैलाई ढाड दुख्ने समस्याले सताएको देखिन्छ । ढाडलाई आराम दिन योग गर्न सकिन्छ ।

सबैभन्दा पहिले आफ्नो योगम्याटमा आरामसँग बस्नुहोस् ।

बिस्तारै दुवै खुट्टा खुम्च्याउनुहोस् । त्यही अवस्थामा म्याटमा आरामसँग पल्टिनुहोस् ।

दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् । अब आँखा बन्द गरेर श्वासको गतिसँग पेट तल–माथि गरेको अनुभव गर्नुहोस् । आफ्नो सम्पूर्ण ध्यान श्वासमा लगाउनुपर्छ ।

यो पोजिसनमा कम्तीमा १० मिनेट बस्न सकिन्छ । यो अभ्यास जुनसुकै समयमा पनि गर्न सकिन्छ ।

सबै अभ्यास सकिएपछि आराम गर्नुपर्छ ।

घुँडा खुम्च्याएर यो अभ्यास गर्दा ढाड दुख्दैन । खुट्टा सीधा पारेर गर्दा ढाडदुखाइको समस्या बढ्ने हुन्छ । त्यसैले ढाड दुख्ने समस्या हुनेहरूले पनि यो अभ्यास गर्न सक्छन् ।

 
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप