चिनियाँ राष्ट्रपतिको स्वागतमा कर्मचारीदेखि सर्वसाधारणसम्म सडकमा लामबद्ध (फोटोफिचर)
शनिबार, २५ असोज २०७६, १६ : ४७
काठमाडौं– दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि पुगेकी थिइन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थल स्वागतका लागि पुगेका थिए ।
सी विमानस्थलबाट बासको प्रवन्ध रहेको होटल सोल्टीमा जानेछन् । उनी होटल जाने रुटमा पनि भव्य स्वागतको तयारी गरिएको छ। सीको स्वागतका लागि सडक छेउमा सरकारी कर्मचारी, विभिन्न पेशागत संघ–
संगठन, सर्वसाधारणलगायत लामबद्ध रहेका छन् । सी पुग्ने रुट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै होटल पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा